नियम ८
ट्रेड युनियन महासंघ दर्ताको प्रमाणपत्र :
नियम ७ बमोजिम ट्रेड युनियन महासंघ दर्ता गराउनको लागि पंजिकाधिकारी समक्ष दरखास्त परेमा पंजिकाधिकारीले सोही नियमको उपनियम (२) मा उल्लेखित विवरणहरू तथा ऐनको दफा ६ बमोजिम मागिएको थप विवरणहरू समेत जाँचबुझ गरी रीत पुगे नपुगेको हेरी ऐनको दफा ५ को उपदफा (३) बमोजिम त्यस्तो ट्रेड युनियन महासंघलाई दर्ता किताबमा दर्ता गरी अनुसूची–६ बमोजिमको
ढाँचामा दर्ताको प्रमाणपत्र दिनु पर्नेछ ।